माओवादीप्रति ओलीको टिप्पणीबारे भुसाल : मिलेका बेलामा जनयुद्ध महान, नमिलेका बेलामा आतंककारी?

हिमाल प्रेस २ भदौ २०८० १८:०२ | Saturday, August 19, 2023
माओवादीप्रति ओलीको टिप्पणीबारे भुसाल : मिलेका बेलामा जनयुद्ध महान, नमिलेका बेलामा आतंककारी?

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मिलेका बेलामा जनयुद्धलाई महान भन्ने तर नमिलेको बेलामा आतंककारी भन्ने चेतना डरलाग्दो भएको बताएका छन्।

शनिबार निरोज कट्टेलद्वारा लिखित पुस्तक ‘२०२८: झापा विद्रोहको अन्तर्कथा’ पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष व्यक्त गरेका हुन्।

‘जतिखेर मिलिन्छ, त्यतिखेर यो महान कुरा थियो भन्ने। जतिखेर मिलिँदैन हत्यारा र आतंककारी आदि इत्यादि भन्ने राजनीतिमा इतिहास चेतको विभत्स डरलाग्दो असाध्यै घृणास्पद भन्छु मचाहिँ, यो चेतना डरलाग्दो कुरा छ’, उनले भने, ‘त्यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ।’

भुसालले हिजोको समयमा सहमति वा असहमति जे भएता सबै सहमति भएर अगाडि बढिएको बताए।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेकपाको राजनीतिक प्रतिवेदनमा जनयुद्धको प्रशंसा गरिएको छ। नेकपा कायमै रहँदा, त्यसअघि र पछि पनि एमाले-माओवादी केन्द्र सत्ता सहयात्रा कायम रहँदा जनयुद्धबारे मौन रहने ओलीले अन्य समयमा जनयुद्धको आलोचना गर्ने गरेका छन्। भुसालको अभिव्यक्ति त्यसैप्रति लक्षित थियो।

कट्टेलको पुस्तक भुसालका अतिरिक्त पत्रकार सुधीर शर्मा र नेता मानुषी यमि भट्टराईले विमोचन गरेका हुन्।

प्रकाशित: २ भदौ २०८० १८:०२ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast