महिला टि २० विश्वकप एसिया छनोट : मलेसियालाई स्तब्ध पार्दै नेपाल दोस्रो चरणमा

हिमाल प्रेस १४ भदौ २०८० ११:५० | Thursday, August 31, 2023
महिला टि २० विश्वकप एसिया छनोट : मलेसियालाई स्तब्ध पार्दै नेपाल दोस्रो चरणमा

काठमाडौँ- आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियासामु जितका लागि ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो। नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन्।

उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन्। यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन्। त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन्।

बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक÷एक विकेट लिए। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि २० क्वालिफायर खेल्न पाउने छन्।

नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डंगोल छन्। रासस

प्रकाशित: १४ भदौ २०८० ११:५० | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast