महिला ग्राहकलाई ग्लोबल आइएमई बैंककाे क्रेडिट कार्ड निःशुल्क

हिमाल प्रेस १६ साउन २०८० १९:०१
महिला ग्राहकलाई ग्लोबल आइएमई बैंककाे क्रेडिट कार्ड निःशुल्क

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड दिन ‘साउन स्पेसल अफर’ सार्वजनिक गरेको छ। यसमार्फत क्रेडिट कार्ड लिँदा कुनै पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ। ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा रहेकाे निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। यसका ३५९ शाखा कार्यालय र ३६७ एटीएम छन्।

प्रकाशित: १६ साउन २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast