मकवानपुरमा भारी वर्षासँगै बाढी र डुबानको जोखिम, सतर्क हुन विभागको आग्रह

हिमाल प्रेस २८ साउन २०८० ९:५६ | Sunday, August 13, 2023
मकवानपुरमा भारी वर्षासँगै बाढी र डुबानको जोखिम, सतर्क हुन विभागको आग्रह

काठमाडौँ– मकवानपुरमा आइतबार बिहान भारी वर्षा मापन गरिएको छ। पछिल्लो तीन घण्टामा मकवानपुर गढी, हेटौँडा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सो क्षेत्र भई बहने कर्रा, सम्रीलगायत खोलाहरूमा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना छ। तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

‘साउन २८ गते, बिहान ९ः०५ बजे। पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ,’ विभागको सूचनामा भनिएको छ, ‘सो क्षेत्र भई बहने कर्रा, सम्री खोलालगायत उक्त जिल्लाको स–साना खोलाहरूमा बहाव बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले दिउँसोसम्मै सतर्कता अपनाऔँ।’

प्रकाशित: २८ साउन २०८० ९:५६ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast