फाइल तस्बिर
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्।
बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन्। भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए।
उनले यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए। मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नै गर्नुपर्ने बताए।
मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्न सक्ने बताए।
प्रकाशित: १४ भदौ २०८० १७:२१ | Thursday, August 31, 2023
प्रतिक्रिया





