भीमफेदी गाउँपालिकाका श्रमिक सामाजिक सुरक्षा काेषमा आबद्ध हुने

हिमाल प्रेस १ भदौ २०८० १७:१३ | Friday, August 18, 2023
भीमफेदी गाउँपालिकाका श्रमिक सामाजिक सुरक्षा काेषमा आबद्ध हुने

मनहरी- बागमती प्रदेशमा पहिलो पटक मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गराउने भएको छ।

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भीमफेदी गाउँपालिका मुलुककाे दाेस्राे स्थानीय तह हो।

यस गाउँपालिकाको सभाबाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागिताका लागि गाउँपालिका र योगदानमा आधारित सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए।

गाउँपालिकामा बसोबास गर्ने अनौपचारिक तथा स्वरोजगार श्रमिक कोषमा आबद्ध भएसँगै कोषबाट उपलब्ध हुने सेवासुविधा प्राप्त गर्नेछन्। चालु आर्थिक वर्षमा अनौपचारिक क्षेत्रमा काम गर्ने सय जनालाई यो कार्यक्रममा समेट्ने लक्ष्य राखिएको उनले बताए।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र गाउँपालिकाका अध्यक्ष लामाले सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका छन्। सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले बताए। रासस

प्रकाशित: १ भदौ २०८० १७:१३ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast