भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने

हिमाल प्रेस २ भदौ २०८० १०:०२ | Saturday, August 19, 2023
भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने

मकवानपुर- मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले फोहर बायो ग्यास उत्पादन सुरु गर्ने भएको छ।

कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ।

यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ३० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको छ।

बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने भएको कारागारका जेलर पौडेलले बताए।

कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीको विभिन्न खोलामा मिसाउने गरिएको थियो।

कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ। भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन्। तीमध्ये ३१ जना महिला छन्।

 

प्रकाशित: २ भदौ २०८० १०:०२ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast