भीमदत्त राजमार्ग सञ्चालन गर्न भौतिक पूर्वाधारमन्त्री ज्वालाको निर्देशन

हिमाल प्रेस २ भदौ २०८० १४:४८ | Saturday, August 19, 2023
भीमदत्त राजमार्ग सञ्चालन गर्न भौतिक पूर्वाधारमन्त्री ज्वालाको निर्देशन

धनगढी- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न निर्देशन दिएका छन्।

पहिरो प्रभावित भीमदत्त राजमार्गको बूढीतोला सडक खण्डको स्थलगत अनुगमन निरीक्षण गर्दै मन्त्री ज्वालाले सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रतिसरकारको ध्यान गएको बताए।

उक्त सडक खण्डमा गत साउन २२ गते राति गएको पहिरोसँगै सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म आवागमन ठप्प भएको थियो।

पहिरो पञ्छाई केही समय यातायात आवागमन आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा सडक समस्या भइरहेको छ। उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ।

प्रकाशित: २ भदौ २०८० १४:४८ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast