भीमदत्त राजमार्गमा फेरि पहिरो, सडक तीन दिनदेखि अवरुद्ध

हिमाल प्रेस २५ साउन २०८० १८:४९ | Thursday, August 10, 2023
भीमदत्त राजमार्गमा फेरि पहिरो, सडक तीन दिनदेखि अवरुद्ध

धनगढी- सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। सडक डिभिजन कार्यालय कञ्चनपुरले पाँचवटा डोजर लगाएर दुई दिनदेखि पहिरो पन्छाउने काम गरिरहेका बेला बुधबार फेरि पहिरो गएको छ।

दुई दिन लगाएर पहिरो पन्छाएको केही ठाउँमा बुधबार साँझ पुनः पहिरो गएको सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर पीयूष चटौतले बताए।

कैलालीको गोदावरी र बुढीतोलामा पहिरोले करिब चार सय मिटर सडकमा क्षति पुगेको छ। त्यसमध्ये करिब सय मिटर सडक बगेको छ भने केही ठाउँमा सडक धसेको र चर्केको छ। करिब सय मिटर सडक पहिरोमा बगेर पूर्ण रूपमा ध्वस्त भएकाले उक्त ठाउँमा ट्र्याक खोलेर यातायात सञ्चालन गर्न समस्या भइरहेको उनले बताए।

पानी रोकिएर पुनः ठूलो पहिरो नगए बिहीबार रातिसम्म हलुका सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गर्न सकिने आकलन डिभिजनले गरेको छ। पहिरोका कारण तराईसँग सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात सेवा अवरुद्ध छ।

प्रकाशित: २५ साउन २०८० १८:४९ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast