काठमाडौँ- अटोमोबाइल्स् एसोसियसन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ।
‘अटो शो’मा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाहरूका १२० स्टल रहने छ। १५औँ संस्करणको यो अटो शो काठमाडौँको भृकुुुुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुनेछ।
प्रदर्शनीमा १६ ब्रान्डका चार पांग्रे, २२ ब्रान्डका दुई पांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने छ।
प्रकाशित: ११ भदौ २०८० १६:२४ | Monday, August 28, 2023
प्रतिक्रिया




