भक्तपुरको बाल सुधारगृहका बालबालिका भागे

हिमाल प्रेस ४ भदौ २०८० १७:०२ | Monday, August 21, 2023
भक्तपुरको बाल सुधारगृहका बालबालिका भागे

काठमाडौँ- भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट करिब एक सय बढी जना बालबालिका भागेका छन्। सानो ठिमीस्थित युसेफको बाल सुधार गृहमा रहेका उनीहरू सोमबार दिउँसो ढोका फोरेर भागेको प्रहरीले जनाएको छ।

भक्तपुर प्रहरी परिसरका डीएसपी वसन्त पाठकका अनुसार सय बढी भागेको अनुमान गरिएको छ। भागेकामध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अन्यको खोजी भइरहेको पाठकको भनाइ छ।

आइतबार सुधार गृहमा एक किशोरको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गरेका थिए। कमल बस्नेतको सुधार गृह भित्रै मृत्यु भएपछि आफन्तले विरोध गरिरहेका छन्। कुनै अपराध गरेको तर १८ वर्षभन्दा मुनिको भए त्यस्ता व्यक्तिलाई सजाय तोकिए बाल सुधार गृहमा राखिन्छ।

प्रकाशित: ४ भदौ २०८० १७:०२ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast