बोरामा हालेर बच्चाहरू भारत लैजाँदै गर्दा एक जना पक्राउ

हिमाल प्रेस ३ भदौ २०८० २०:३१ | Sunday, August 20, 2023
बोरामा हालेर बच्चाहरू भारत लैजाँदै गर्दा एक जना पक्राउ

काठमाडौँ- चोरिएका दुईवटा बच्चासहित बारा जिल्लाको देवताल गाउँपालिका–३, अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार सोही गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी र प्रेमचन्द महत्तो २ वर्षीय छोरालाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए।

सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा जाँच गर्दा दुईवटा बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको छ। नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ३ भदौ २०८० २०:३१ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast