 
                             
                                            काठमाडौँ- हरेक वर्ष अगस्त ३० मा बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ। जबर्जस्ती बेपत्ता पारिएका र द्वन्द्वपीडित परिवारका सदस्यहरूप्रति ऐक्यबद्धता जनाउँदै मण्डला थिएटर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
मण्डला नाटकघरका विद्यार्थीहरूद्वारा ‘युद्धको घाउ २.०’ मञ्चन गरिनेछ। बेलुका ४ बजे नाटक मञ्चन हुनेछ। केही साताअघि मञ्चन भएको नाटक बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा फेरि देखाइनेछ।
कलाकारमार्फत युद्धको पीडा भन्ने नाटकमा देशको सशस्त्र द्वन्द्वको कथा छ। देशमा भएको परिवर्तनपछि नेपाली जीवन उस्तै रहेको अवस्था पनि नाटकमा देखाइएको छ। आदित्य मिश्र, आकाश नेपाली, अनिल कुर्मी, नीरज बाबु, सञ्जय विश्कर्मा, सरिता कठायत, सुमित्रा मेहिम, सुस्मिता पोखरेल लगायत कलाकारको अभिनय छ।
त्यस्तै सो दिनमा मण्डलामा कला प्रदर्शनीसँगै वृत्तचित्र पनि प्रदर्शन गरिनेछ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा प्रत्येक वर्ष अगस्त ३० का दिन यो दिवस मनाउने गरिएको छ। सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट दिवस मनाउने क्रमको सुरुवात भएको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 