 
                             
                                            काठमाडौँ– चिनियाँ गाडी निर्माता कम्पनी बीवाईडी विश्वका ठूला कम्पनीको २१२औँ नम्बरमा परेको छ। हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सूची सार्वजनिक गर्दै आएको फर्चूनले बिहीबार सन् २०२३ को सूची निकालेको हो।
सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोबिल परेका छन्। विद्युतीय कार उत्पादन र बिक्री गरेर विश्वबजारमा बलियो उपस्थिति बनाउन थालेको बीवाईडीले सन् २०२३ सम्म ६३ अर्ब डलरको कारोबार गरेको छ। यसबाट २.४७ अर्ब डलर आम्दानी गरेका फर्चूनले उल्लेख गरेको छ।
सन् २०२३ मा बीवाईडीको बजार मूल्य १०४.३२ अर्ब डलर पुगेको छ। फर्चूनका अनुसार बीवाईडीका विभिन्न प्लान्ट र आउटलेटमा ५ लाख ७० हजार कर्मचारीले रोजगारी पाएका छन्।
कम्पनीले बीवाईडी, हान र ट्याङ ब्रान्डमा सवारीसाधन उत्पादन तथा बिक्री गर्दै आइरहेको छ। नेपालमा साइमेक्स इंक प्रालिले बीवाईडीका गाडीको आयात र वितरकको रूपमा काम गर्दै आइरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 