बिगमार्टबाट तरकारी खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट

हिमाल प्रेस १३ भदौ २०८० १६:१७ | Wednesday, August 30, 2023
बिगमार्टबाट तरकारी खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ- बिगमार्टबाट तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमाफर्तत भुक्तानी गर्दा ग्राहकले छुट पाउने भएका छन्। त्यसका लागि सम्झौता गरिएको स्मार्ट क्यूआरले जानकारी दिएको छ।

सम्झौताअनुसार ग्राहकले बिगमार्टबाट तरकारी तथा फलफूल खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन्। ‘यस छुटअन्तर्गत ग्राहकले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एपमार्फत ग्राहकले बिगमार्टका सबै शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्ने कम्पनीको भनाइ छ।

प्रकाशित: १३ भदौ २०८० १६:१७ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast