बाइपासमा परेको राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने सहमति

हिमाल प्रेस १० भदौ २०८० १३:१७ | Sunday, August 27, 2023
बाइपासमा परेको राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने सहमति

काठमाडौँ– यसअघि सत्तारुढ र प्रमुख विपक्षी दल नेकपा एमाले मिलेर संसदीय विशेष समितिमा भागबन्डा गरे पनि बाइपासमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि एक समितिको सभापति दिने निर्णय भएको छ।

सत्ता गठबन्धनले संसदीय समितिको सभापतिमा पाएको भागमध्ये एउटा राप्रपालाई दिने भएको हो। ‘एउटा समितिको सभापति दिने सहमति भएको छ,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने। राप्रपाले पूर्वाधार विकास समितिमा दाबी गरेको छ। तर कुनमा उम्मेदवार बन्ने टुंगो छैन। दीपक सिंहलाई उम्मेदवार बनाउने निर्णय भने भइसकेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बताए।

आज आइतबार बसेको सत्तारुढ दलका प्रमुख सचेतकसहितको बैठकले राप्रपालाई एउटा समितिको सभापति पद दिने निर्णय गरेको हो।

प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका २ गरी १२ वटा समितिमा नेतृत्व छान्न भोलि भदौ ११ गते निर्वाचन हुँदै छ। आज सभापतिको उम्मेदवारको मनोनयन हुँदैछ।

दलहरूले कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले १, जसपाले १ र जनमतले १ समितिको नेतृत्व पाउने सहमति गरेका छन्। एमालेको भागमा ३ वटा समिति परेका छन्। राप्रपालाई पनि एक समिति दिने भएपछि अब कुन दलले पाएको सिट संख्या घटाउने भन्नेबारे सत्ता गठबन्धनको बैठक बस्ने तयारी छ।

प्रकाशित: १० भदौ २०८० १३:१७ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast