काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको छ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो। त्यसपछि आज बुधबार यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको जनाएको छ।
नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ।
कहाँको भाडा कति?
                            प्रकाशित: ३१ साउन  २०८० १४:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

