बटुकहरूको श्रावणी स्नान (तस्बिरहरू)

दिपेश श्रेष्ठ १४ भदौ २०८० १२:५८ | Thursday, August 31, 2023
बटुकहरूको श्रावणी स्नान (तस्बिरहरू)

काठमाडौँ- आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन देशभर मनाइँदैछ।

आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, पोखरी, कुण्डमा गई स्नान गरि गुरु पुरोहितहरूबाट रक्षासूत्र बाँध्ने गरिन्छ भने तागाधारीले विधिपूर्वक मन्त्रिएको जनै (यज्ञोपवीत) एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ।

आजै ब्राह्मण, क्षत्री र वैश्य तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधीशास्त्रमा उल्लेख छ। यसैका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी व्रत बस्नुपर्छ।

विधिपूर्वक व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै नदी, ताल, तलाउ, पोखरी र कुण्डमा गाईको गोबर, खरानी, दतिउन र सप्तमृत्तिका लगाएर श्रावणी स्नान गर्दछन्। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक विधिबाट मन्त्रिएको जनै (यज्ञोपवीत) फेर्ने गर्दछन्।

त्यस्तै अरुन्धती, कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य सहित आठ ऋषिलाई पूजा एवं तर्पण गरिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

तस्बिर हेरौँ आज श्रावण शुक्ल पूर्णिमाको दिन पशुपतिनाथ मन्दिर परिसरमा रहेको संस्कृत वेध विद्याश्रमका बटुकहरूको श्रावणी स्नान।

प्रकाशित: १४ भदौ २०८० १२:५८ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast