बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित स्वागत [तस्बिरहरू]

हिमाल प्रेस १ भदौ २०८० १५:११ | Friday, August 18, 2023
बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित स्वागत [तस्बिरहरू]

काठमाडौँ- जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। विमान बंगलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो। पञ्चेबाजासहित पर्यटन व्यवसायीले बंगलादेशी पर्यटकलाई स्वागत गरेका हुन्।

शनिबार साँझ हिमालय एयरलाइन्सबाट थप बंगलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ। शुक्रबार र आइतबार गरेर सात सय पर्यटक नेपाल आउने बंगलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो। बंगलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बंगलादेशी पर्यटक नेपाल आएका हुन्।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ठूलो संख्या नेपाल भित्रिने बंगालादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

 

प्रकाशित: १ भदौ २०८० १५:११ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast