बंगलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता : मन्त्री बस्नेत

हिमाल प्रेस ५ भदौ २०८० ११:५४ | Tuesday, August 22, 2023
बंगलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता : मन्त्री बस्नेत

चितवन- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पारे।

उनले भने, ‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ। सम्झौतापछि कार्यान्वयनमा जान्छ।’ उनले सुक्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको बताए। ‘हामी पूर्णरूपमा आत्मनिर्भर बन्दैछौँ, यससँगै सबै समस्याको समाधान हुन्छ,’ उनले भने।

वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपूग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ। उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनको भनाइ छ।

पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पुर्‍याएको भन्दै उहाँले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गरे।

 

प्रकाशित: ५ भदौ २०८० ११:५४ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast