फिल्म ‘गोर्खा वारियर’ हेरेपछि प्रधानसेनापतिको प्रतिक्रिया : गोर्खालीको वीरता प्रस्तुत

हिमाल प्रेस २ भदौ २०८० ११:३२ | Saturday, August 19, 2023
फिल्म ‘गोर्खा वारियर’ हेरेपछि प्रधानसेनापतिको प्रतिक्रिया : गोर्खालीको वीरता प्रस्तुत प्रधानसेनापति प्रभुराम शर्मा।

काठमाडौँ- फिल्म ‘गोर्खा वारियर’ हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले फिल्ममार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिएका छन्।

उनी श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मासँग विशेष प्रदर्शनीमा पुगेका थिए।

‘चलचित्रबारे जति सुनेको थिए, त्यति नै राम्रो पाएँ। जंगलको परिवेशलाई खिच्न निकै मुस्किल हुन्छ। यसको पहिलो दर्शक बन्न पाउँदा खुसी छु’, प्रधानसेनापति शर्माले भने, ‘यो चलचित्र उत्कृष्ट बनेको छ।’

उनले यस्ता चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक मिलन चाम्सलगायतका निर्माण समूहलाई आग्रह गरे।

चलचित्र हेरेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पर्दामा राम्रो कथा हेर्न पाएको प्रतिक्रिया दिए।

प्रकाशित: २ भदौ २०८० ११:३२ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast