फर्जी शैक्षिक प्रमाणपत्र प्रकरण : थप दुई चिकित्सक पक्राउ

हिमाल प्रेस २६ साउन २०८० १०:४५ | Friday, August 11, 2023
फर्जी शैक्षिक प्रमाणपत्र प्रकरण : थप दुई चिकित्सक पक्राउ

काठमाडौँ-  नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ। बिहीबार पनि ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो।

ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका तीनजनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरिसार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौँ–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेका अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै ५० हजार रुपैयाँ, चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै दुई लाख ५५ हजार रुपैयाँ तथा पुलामी मगरले जंग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै दुई लाख ५६ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रकाशित: २६ साउन २०८० १०:४५ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast