काठमाडौँ- नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको नेपाली फिल्म ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमामार्फत नि:शुल्क हेर्न पाइने भएको छ।
विभिन्न कारणवस हलसम्म गएर यी फिल्म हेर्न छुटेका दर्शकहरुले अब डिशहोम गो एपमा आफूले चाहेको समयमा यी चलचित्र निःशुल्क हेर्न सक्ने डिशहोम कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो एप प्ले स्टोर वा एप स्टोरबाट आफ्नो मोवाइलमा निःशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ। गो लाइभ डट डिशहोम डट कम डट एनपीमा लगइन गरेर ल्यापटप वा कम्प्युटरमा समेत चलाउन सकिने छ।
गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिजलगायत अन्य विभिन्न कन्टेन्टहरू पनि उपलव्ध छ।
प्रकाशित: ३२ साउन २०८० ११:१७ | Thursday, August 17, 2023
प्रतिक्रिया



