काठमाडौँ– प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिएका हुन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए।
संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई सोमबार राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरेका थिए। उनलाई संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो।
प्रकाशित: ५ भदौ २०८० १७:०३ | Tuesday, August 22, 2023
प्रतिक्रिया



