 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- समाजवादी मोर्चा नेपालको आज(बुधबार) धनगढीमा हुने भनिएको सन्देश सभा कार्यक्रम स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्षनेताहरूको व्यस्तताका कारण कार्यक्रम स्थगित भएको नेकपाका नेता असल सीले जानकारी दिए। आज धनगढीमा प्रधानमन्त्री प्रचण्डसहित चार दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो।
सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने कार्यक्रमको योजना बनाएको छ। हिजो लुम्बिनी प्रदेशमा कार्यक्रम भएको थियो।
                            प्रकाशित: १३ भदौ  २०८० ९:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 