पाकिस्तान र भारतसँग भिड्न कराँचीमा नेपालको अभ्यास

हिमाल प्रेस ७ भदौ २०८० १७:२६ | Thursday, August 24, 2023
पाकिस्तान र भारतसँग भिड्न कराँचीमा नेपालको अभ्यास

काठमाडौँ- यही अगस्ट ३० तारिखदेखि हुने एसिया कप क्रिकेटमा भाग लिन पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमले कराँचीमा अभ्यास थालेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बिहीबार नेपाली टिमले अभ्यास गरेका तस्बिर सार्वजनिक गरेको छ।

नेपाली क्रिकेट टिम बुधबार पाकिस्तान पुगेको थियो। अगस्ट ३० तारिखमा नेपाल र पाकिस्तानबीच मुल्तानमा एसिया कपको उद्घाटन खेल तय गरिएको छ। ६ टिम सहभागी हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’मा अफगानस्तान, बंगलादेश र श्रीलंका छन्।

नेपालले समूह चरणको दोस्रो खेल श्रीलंकामा सेप्टेम्बर ४ तारिखमा खेल्नेछ। एसिया कपका लागि भारतीय टिमले पाकिस्तान नजाने बताएपछि प्रतियोगिताका भारतसँग हुने सबै खेल श्रीलंकामा तय गरिएका छन्।

 

प्रकाशित: ७ भदौ २०८० १७:२६ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast