पाकिस्तानलाई अफगानस्तानले दियो ३०१ रनको लक्ष्य

हिमाल प्रेस ७ भदौ २०८० १९:३४ | Thursday, August 24, 2023
पाकिस्तानलाई अफगानस्तानले दियो ३०१ रनको लक्ष्य

काठमाडौँ- श्रीलंकामा जारी तीन एक दिवसीय खेल को श्रृंखलाको दोस्रो खेलमा अफगानस्तानले पाकिस्तानलाई ३०१ रनको लक्ष्य दिएको छ। श्रीलंकाको हम्बनटोटामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३०० रन बनाएको हो।

अफगानस्तानका लागि ओपनर रहम्यानुल्लाह गुर्बाजले १५१ रनको शतकीय इनिङ्स खेले। उनले १५१ बलको सामना गर्दै १४ चौका र ३ छक्का प्रहार गरे। उनलाई साथ दिइरहेका अर्का ओपनर इब्राहिम जाद्रनले १०१ बलमा ८० रनको योगदान दिए।

ओपनरद्वयले २२७ रनको साझेदारी गरेपछि अफगानस्तानले पाकिस्तानलाई सम्मानजनक लक्ष्य दिएको हो। श्रृंखलाको पहिलो खेलमा बलिङमा राम्रो प्रदर्शन गरेको अफगानस्तान ब्याटिङमा ५९ रनमै अलाउट भएको थियो। पाकिस्तानलाई २०१ रनमै रोकेको अफगानस्तानको ब्याटिङ चल्न सकेको थिएन।

अफगानस्तान सन् २०१८ मा टेस्ट मान्यता प्राप्त राष्ट्र अर्थात अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पूर्णसदस्य बनेको थियो। एसोसिएसटमा अफगानस्तान नेपालभन्दा कान्छो टिम हो।

नेपालले सन् १९९८ मा आईसीसीबाट एसोसिएसटको मान्यता पाएको थियो भने अफगानस्तानले सन् २०१३ मा एसोसिएसटको मान्यता पाएको थियो। तीन म्याचको एक दिवसीय श्रृंखला खेल्न पाकिस्तान र अफगानस्तान अहिले श्रीलंका गएका छन्।

प्रकाशित: ७ भदौ २०८० १९:३४ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast