अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीले बुधबार बिहान गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई उक्त परिमाणको घूससहित पक्राउ गरेको हो।
उनीहरुलाई सप्तरी सदरमुकाम राजविराज नगरपालिका-३, त्रिभुवन चोकबाट घूससहित पक्राउ गरेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ। सोलार बत्ती जडानसहितका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग घूस लिएको सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले उनीहरुलाई घूसबापत लिइसकेको चेकसहित पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार लेखापाल टेकनारायणलाई सेवाग्राहीबाट लिएको घूसबापतको २ लाख रूपैयाँ नगद र एमआईएस अपरेटर वीरेन्द्रकुमारलाई ३ लाख रूपैयाँको चेकसहित पक्राउ गरिएको हो।
प्रकाशित: ३१ साउन २०८० १३:२४ | Wednesday, August 16, 2023
प्रतिक्रिया



