पहिरोले अवरुद्ध भयो काठमाडौँ-मुग्लिन सडक

हिमाल प्रेस ८ भदौ २०८० २०:३७ | Friday, August 25, 2023
पहिरोले अवरुद्ध भयो काठमाडौँ-मुग्लिन सडक मुग्लिन बजार फेसबुक पेजको भिडियोबाट स्क्रिनसट गरिएको तस्बिर।

चितवन- पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-४, नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो।

अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए। पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरू मुग्लिन र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन्।

प्रकाशित: ८ भदौ २०८० २०:३७ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast