अस्पताल भर्ना रहेका आफ्ना बुवालाई हेर्न पुगेका पर्यटनमन्त्री किराती। तस्बिर : सुदन किराती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।
किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। राई लामो समयदेखि प्यारालाइसिसका कारण बिरामी थिए।
मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्बिर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्।
प्रकाशित: ६ भदौ २०८० ७:१० | Wednesday, August 23, 2023
प्रतिक्रिया





