 
                             
                                            काठमाडौँ- खेमलाल-हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानले पहिलो चरणमा सार्वजनिक गरेका १५ वटा पुस्तकमध्येबाट दोस्रो चरणको उत्कृष्ट संक्षिप्त सूची प्रकाशन गरिएको जनाएको छ। ती पाँच कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य छन्।
प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। पुरस्कार २०६३ सालदेखि दिइँदै आएको छ।
‘चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकमध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) निर्णायक मण्डलको सिफारिसबमोजिम सार्वजनिक गरेका छौँ’, प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले भनेका छन्।
यसअघि प्रतिष्ठानले ०७९ मा प्रकाशितमध्ये पुरस्कार निर्णायक मण्डललाई प्राप्त १८० पुस्तकमध्ये पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीमा १५ पुस्तक सार्वजनिक गरेको थियो।
यी थिए १५ पुस्तक
आतोओडा – जानुका खतिवडा
इजोरिया – सुबिन भट्टराई
ऐँठन – विवेक ओझा
चिसो बाफ – गोपी सापकोटा
थाङ्ग्रा – प्रगति राई
पर्वत पर्वतमा बटुवा घाम – रमेश क्षितिज
पानीघट्ट – सुरेश प्राञ्जली
ब्रह्मास्त्र – शैलेन्द्र अधिकारी
बाआमा – रामलाल जोशी
भग्न भैरव – प्रोल्लास सिन्धुलीय
मनु – डा देवीप्रसाद सुवेदी
मफलर – प्रदीप रोदन
यशोधरा – हरिबोल काफ्ले
शून्यको मूल्य – डा. नवराज केसी
सन्तापको धून – अशोक थापा

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 