काठमाडौँ- पञ्चकन्या ग्रूपले सोमबार रक्तदान कार्यक्रम गरेको छ। कम्पनीको ५१औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो।
त्यसका लागि ललितपुर रक्त सञ्चार केन्द्रसँग पनि सहकार्य गरिएको कम्पनीको भनाइ छ। रक्तदान कार्यक्रममा पञ्चकन्या ग्रूपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रूपअन्तर्गतका कर्मचारीलगायतको सहभागिता थियो।
प्रकाशित: ११ भदौ २०८० १९:०७ | Monday, August 28, 2023
प्रतिक्रिया



