नेविसंघ काठमाडौँको अध्यक्षमा केसी नियुक्त

हिमाल प्रेस २८ साउन २०८० ९:४२ | Sunday, August 13, 2023
नेविसंघ काठमाडौँको अध्यक्षमा केसी नियुक्त

काठमाडौँ- नेपाल विद्यार्थी संघकाे काठमाडाैँकाे अध्यक्षमा अंशुल केसी नियुक्त भएका छन्। संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई अध्यक्ष नियुक्त गरेका हुन्।

यसअघि मनिष डँगाेल अध्यक्ष रहेकाेमा उनलाई केन्द्रीय सदस्य मनाेनित गरेपछि केसीलाई काठमाडौँ अध्यक्ष बनाइएकाे छ। केसी प्रतिनिधि सभा निर्वाचनमा नेविसंघकातर्फबाट काठमाडौं क्षेत्र नं १ निर्वाचन परिचालन समितिका संयाेजक थिए।  काठमाडौंमा नेविसंघलाई सशक्त बनाएर लैजाने केसीको भनाइ छ।

‘काठमाडौँ जिल्लालाई नेविसंघको किल्लाकाे रूपमा विकास गरेर लैजाने छु , ´नवनियुक्त अध्यक्ष केसीले भने, काठमाडौँमा नेविसंघको संगठनलाई थप सुदृढ र सशक्त बनाएर अघि बढाउनेछु।´नेविसंघका जिल्ला समितिहरूमा काठमाडौं जिल्ला समितिलाई सबैभन्दा बलियाे मानिन्छ। नेपाल कमर्स क्याम्पस मिनभवनका नेविसंघ नेता केसी काठमाडौं जिल्लामा विद्यार्थी राजनीतिमा लाेकप्रिय मानिन्छ।

प्रकाशित: २८ साउन २०८० ९:४२ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast