नेविसंघ असन्तुष्ट पक्षधरले सुरु गरे सानेपामा अनसन

हिमाल प्रेस ३१ साउन २०८० १७:३२ | Wednesday, August 16, 2023
नेविसंघ असन्तुष्ट पक्षधरले सुरु गरे सानेपामा अनसन

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय समिति विस्तार विधान सम्मत पक्षधर संघर्ष समितिले रिले अनसन सुरु गरेको छ। केन्द्रीय पार्टी कार्यालय सानेपामा नेविसंघको असन्तुष्ट पक्षले बुधबारदेखि रिले अनसन सुरु गरेकाे हाे।

केही दिनअघि मात्रै नेविसंघको केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो। उक्त समिति समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले अनसन सुरु गरेको हो।

उनीहरूले तदर्थ समिति अवैधानिक भएको आरोप समेत लगाएका छन्। उनीहरूले नेविसंघको केन्द्रीय कार्यसमिति विधानसम्मत सबैको प्रतिनिधित्व हुनेगरी समावेश गर्न माग गरेका छन्। नेविसंघलाई पूर्णता दिन पनि उनीहरूले माग गरेका छन्।

प्रकाशित: ३१ साउन २०८० १७:३२ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast