नेविसंघको असन्तुष्ट पक्षले देउवा निवास घेराऊ गर्दै

हिमाल प्रेस २५ साउन २०८० ६:३५ | Thursday, August 10, 2023
नेविसंघको असन्तुष्ट पक्षले देउवा निवास घेराऊ गर्दै फाइल तस्बिर

काठमाडौँ- नेपाल विद्यार्थी संघ(नेविसंघ)को असन्तुष्ट पक्षले आज पनि विरोधको कार्यक्रम यथावत् राख्ने भएको छ। विरोधस्वरूप आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन्।

नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए। तर, उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन्।

नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटी बनाउनुपर्ने हुन्छ, बिहीबार शेरबहादुर दाइको घर घेर्न जान्छौँ ।’

उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरूले आज घर घेराऊ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिइनेछ।

असन्तुष्ट समूहको नेतृत्वको गर्ने विद्यार्थी नेता प्राध्यापक प्रेम चलाउनेमाथि हातपात गर्ने नेता हुन्।

प्रकाशित: २५ साउन २०८० ६:३५ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast