नेविसंघका दुई केन्द्रीय सदस्यले दिए राजीनामा

हिमाल प्रेस ३० साउन २०८० १३:३० | Tuesday, August 15, 2023
नेविसंघका दुई केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौँ– नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिबाट दुई जना केन्द्रीय सदस्यले एक साथ राजीनामा दिएका छन्। केन्द्रीय सदस्यद्वय एलिजा ढकाल र मुकेश घिमिरेले राजीनामा दिएका हुन्।

उनीहरूले प्रेस विज्ञप्ति जारी गर्दै संयुक्त रुपमा पदबाट राजीनामा दिएका हुन्। उनीहरूले मातृ पार्टीको अत्यधिक एवं अनुचित हस्तक्षेपका कारण नेविसंघ भित्र लोकतन्त्रको अनुभूति गर्न कठिन भएको, नेविसंघको तदर्थ समिति गठन गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिएको र महिला सहभागिता एकदमै न्यून भएको उनीहरूको आरोप छ।

नेतृत्व विकासको प्रमुख जगको रुपमा रहेको विद्यार्थी संगठनलाई दूषित पारेर पार्टीको सुन्दर भविष्य भेट्न नसिकने उल्लेख गर्दै योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित भएको आरोप उनीहरूले लगाएका छन्।

योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित हुँदै जाँदा विद्यार्थी राजनीति प्रश्नको घेरामा पर्दै प्रतिरक्षाको संघारमा उभिनु परेको उनीहरूले उल्लेख गरेका छन्।

औपचारिक रुपमा कुनै अमुक पदमै बसिरहनु पर्छ भन्ने अनिवार्य सर्त नभएको जनाउँदै राजीनामा दिएको उनीहरूले जनाएका छन्।

 

प्रकाशित: ३० साउन २०८० १३:३० | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast