नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह

हिमाल प्रेस १३ भदौ २०८० १२:२० | Wednesday, August 30, 2023
नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्तरूपमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले नेपालमा लगानी भित्र्याएर लाभ लिन आग्रह गरेका हुन्।

ढकालले भने ‘नेपालमा ऊर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानीका सम्भावना छन्, यहाँ लगानी गरेर धेरै विदेशी लगानीकर्ताहरूले लाभ पनि लिइरहेका छन्।’

नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बीचमा रहेकाले बजारको अभाव नभएको उनले बताए। ‘भैरहवा र पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल सञ्चालनमा आइसकेको छ,’ ढकालले भने, ‘यसको उच्चतम् सदपुयोग हुने गरी अगाडि बढ्नुपर्छ।

प्रकाशित: १३ भदौ २०८० १२:२० | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast