नेपालबाट आयात भएपछि भारतमा घट्यो गोलभेँडाको मूल्य

हिमाल प्रेस ३० साउन २०८० १६:५८ | Tuesday, August 15, 2023
नेपालबाट आयात भएपछि भारतमा घट्यो गोलभेँडाको मूल्य

काठमाडौँ– पछिल्लो समय भारतमा गोलभेँडाको मूल्य अकासिएको छ। अहिले एक सय भारुमा बिक्री भइरहेको गोलभेँडाको मूल्य एक महिनाअघिसम्म २ सय ५० भारुसम्म पुगेको थियो।

भारतमा व्यापक रूपमा खपत हुने तरकारीमध्ये एक गोलभेँडाको दाम अकासिएपछि नेपालबाट आयात गरिएको भारतीय सञ्चारमाध्यम‘हिन्दुस्तान टाइम्स’ले जनाएको छ। नेपालबाट भित्रिएपछि भारतमा गोलभेँडाको मूल्य ह्वात्तै घटेको छ।

आज (१५ अगस्त) स्वतन्त्रता दिवसको अवसर पारेर भारत सरकारले गोलभेँडा प्रतिकिलो ५० भारुका दरले बिक्री गर्ने ‘एनडीटीभी’ले पनि समाचार प्रकाशित गरेको छ।

भारतमा केही महिनायता गोलभेँडाका दाम बढेपछि उपभोक्ता ‘हामीले धान्न सक्दैनौँ’ भन्ने अवस्थामा पुगेका छन्। गोलभेँडाका भाउले उपभोक्तालाई अत्याउन थालेपछि भारतकी अर्थमन्त्रीले निर्मला सीतारमणले केही दिनअघि नेपालबाट गोलभेँडा आयात गर्ने बताएकी थिइन्।

लोकसभामा बोल्दै उनले भनेकी थिइन्, ‘नेपालबाट गोलभेँडा आयात गरी त्यसको मूल्य घटाउन सकिनेछ,’ उनले भनेकी थिइन्।

प्रकाशित: ३० साउन २०८० १६:५८ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast