नेपालको क्रिकेटमा सुदूरपश्चिमको ठूलो योगदान : मन्त्री देउवा

हिमाल प्रेस २ भदौ २०८० १६:०९ | Saturday, August 19, 2023
नेपालको क्रिकेटमा सुदूरपश्चिमको ठूलो योगदान : मन्त्री देउवा

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपाली क्रिकेटको इतिहासमा सुदूरपश्चिमको ठूलो योगदान रहेको बताएका छन्। शनिबार धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको दोश्रो साधारण सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री देउवाले नेपाली क्रिकेटको ब्यवस्थापन, समन्वय र खेलाडी उत्पादनको दृष्टीकोणले सधै अग्रणी भुमिकामा रहेको बताए।

हाल नेपाल क्रिकेट संघको नेतृत्वमा सुदूरपश्चिमकै नेतृत्वमा रहेको बताउदै उनले सुदूरपश्चिमको क्रिकेट लगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफ्नो तवरबाट सक्ने सहयोग गर्ने वचनबद्धता ब्यक्त गरे। उक्त समारोहमा बोल्दै मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणको लागि डीपीआर लगायत आवश्यक प्रक्रियागत काम अगाडि बढेको जानकारी दिए।

क्रिकेट खेलकुदसँगै सुदूरपश्चिमको अन्य विकासका लागि पनि खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको औल्याए। प्रदेशको खेलकुद विकासका लागि प्रदेश खेलकुद परिषदले छिटपुट रुपमा काम गरेपनि परिणाममुखी काम देखाउन नसकेको उनको थियो।

सोही समारोहमा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफनो कार्यकालमा कोरोनासँगै चरम बिरोध र गुटबन्दीका कारण आफूले काम गर्न नपाएता पनि अन्तिम समयमा नेपाली क्रिकेटका लागि स्वर्णिम समय भएको बताए। नेपाली क्रिकेटमा खेलाडीहरुलाई थोरै पारिश्रामिकमा खेलाउनु परेको र प्रदेश सरकारहरुले पनि कम्तीमा ५ जना खेलाडीहरू आत्मनिर्भर बनाउने गरी खेलकुदका योजना अगाडि बढाउनुपर्ने बताए।

नेपाली क्रिकेटमा नाम दाम साम सबै भएको बताउदै सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको बताए। उनले नेपाली क्रिकेटको बिकासका लागि संघ सदैव सक्रिय रहेको बताए। साधारण सभामा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका प्रतिनिधिहरु सहभागी छन्।

प्रकाशित: २ भदौ २०८० १६:०९ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast