निजामति विधेयकबारे परामर्श लिँदै सरकार, एक सातामा सदनमा पेस हुने

हिमाल प्रेस ३२ साउन २०८० ८:०० | Thursday, August 17, 2023
निजामति विधेयकबारे परामर्श लिँदै सरकार, एक सातामा सदनमा पेस हुने

काठमाडौँ- सरकारले संघीय निजामती सेवा विधेयक सदनमा पेस गर्नुअघि परामर्शका लागि लोकसेवा आयोग पठाएको छ। गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विधेयक पारित गरेको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै विधेयकबारे कानुन तथा अर्थ मन्त्रालयबाट सहमति लिइसकेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता, सहसचिव कमलप्रसाद भट्टराईले विधेयकलाई सरकारले अघि बढाएको बताए।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि निजामती विधेयक अघि बढे‍को बताए। उनले अब एक साताभित्रै विधेयक सदनमा पेस गरिने बताए।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै खड्काले अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुने गरी विधेयक ल्याउने बताएका हुन्।

प्रकाशित: ३२ साउन २०८० ८:०० | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast