नारायणी नदीले सतर्कता तह पार गर्‍याे

हिमाल प्रेस २८ साउन २०८० २१:४२ | Sunday, August 13, 2023
नारायणी नदीले सतर्कता तह पार गर्‍याे तस्बिर : सुदिप घिमिरे

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता तह पार गरेको छ। जल मापन केन्द्र देवघाटका अनुसार नदीले आइतबार राति ९ः१५ बजे सतर्कता तह पार गरेको हो।

देवघाटको जल मापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा ७.३९ मिटर पानीको सतह रहेको छ। देवघाटमा ७.३ मिटर पानीको सतह पुग्दा सतर्कताकाे तह मानिन्छ।

नदीमा यसअघि गत असार २३ गते पानीको सतह ७.४२ मिटर पुगेको थियो। नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल मापन केन्द्र देवघाटले अनुरोध गरेको छ।

नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ। नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि जिल्लाको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। नारायणी नदीको बाढीबाट जिल्लाको गैँडाकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकाका नदी तटीय वडाहरू डुबान तथा कटानको जोखिममा रहेका श्रेष्ठको भनाइ छ। रासस

प्रकाशित: २८ साउन २०८० २१:४२ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast