धरानमा सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय मानव अधिकार आयोगको अपिल

हिमाल प्रेस ९ भदौ २०८० ११:४२ | Saturday, August 26, 2023
धरानमा सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय मानव अधिकार आयोगको अपिल

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सद्भाव कायम गर्न अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो अपिल गरेको हो।

आयोगले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोग सम्बद्ध सबै पक्षलाई अपिल गर्दछ। साथै, एक आपसमा देखिएका विमतिहरुलाई वार्ताका माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह गर्दछ।’

आयोगले धरानको पछिल्लो अवस्थाबारे विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन गरिरहेको जनाएको छ। धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्‍याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रम रोकिएको अनुगमनका क्रममा बुझिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ भदौ २०८० ११:४२ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast