‘दोहोरी आइकन्स’को डिजिटल अडिसन सकियो

हिमाल प्रेस २९ साउन २०८० १३:१२ | Monday, August 14, 2023
6
SHARES
‘दोहोरी आइकन्स’को डिजिटल अडिसन सकियो

काठमाडौँ- टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’को डिजिटल अडिसन सम्पन्न भएको छ। अडिसनबाट छनोट भएका प्रतिस्पर्धीको साउन ३० फिजिकल अडिसन हुनेछ। काठमाडौँ, पहेँलो पुलमा रहेको एजे इन्टरटेनमेन्ट्सको स्टुडियोमा अडिसन हुने अध्यक्ष अजय पोखरेलले बताएका छन्।

मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ‘दोहोरी आइकन्स’ आयोजना गरेको अध्यक्ष पोखरेलको भनाइ छ। शोमा कोमल वली, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र रमेश बिजी निर्णायक रहनेछन्। पीएन सापकोटा र शोभा त्रिपाठी कार्यक्रम प्रस्तोता हुनेछन्।

प्रतियोगितामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। शोमा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका छन्। केही महिनापछि प्रसारण सुरु हुने कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ।

प्रकाशित: २९ साउन २०८० १३:१२ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast