दुई थान पेस्तोलसहित एक पक्राउ

हिमाल प्रेस १४ भदौ २०८० ११:२० | Thursday, August 31, 2023
दुई थान पेस्तोलसहित एक पक्राउ सांकेतिक तस्बिर।

भक्तपुर- मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ।

सडकमा शंकास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई पक्राउ गरेको हो। प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, साही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरेको छ। माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार भएको प्रहरीले जनाएको छ।

यसैबीच भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको छ।

प्रकाशित: १४ भदौ २०८० ११:२० | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast