दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

हिमाल प्रेस १२ भदौ २०८० २०:२६ | Tuesday, August 29, 2023
दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फ रिक्त सचिव पदमा घिमिरेलाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

भदौ ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमध्ये मन्त्रिपरिषद्ले घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको हो।

बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।
यस्तै नेपाल र फिलिपिन्सबीच कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरिएको छ। बैठकले भन्सार विधेयक र विद्युत् विधेयकलाई सदनमा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै औषधि लिमिटेडको महाप्रबन्धक पदमा कैलासकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

प्रकाशित: १२ भदौ २०८० २०:२६ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast