दयाहाङ अभिनीत ‘रङ्गेली’ फागुन २५ मा

हिमाल प्रेस ३० साउन २०८० ११:४५ | Tuesday, August 15, 2023
दयाहाङ अभिनीत ‘रङ्गेली’  फागुन २५ मा

काठमाडौँ- दयाहाङ राई अभिनीत फिल्म ‘रङ्गेली’ फागुन २५ देखि प्रदर्शन हुने भएको छ।

प्रदर्शन मिति घोषणा गरेसँगै निर्माण टिमले फिल्मको नाम पनि परिमार्जन गरेका छन्।

‘रंगेली ग्याङस्टर्स’ नाम परिमार्जन गर्दै ‘रङ्गेली’ राखिएको छ। फिल्मको छायांकन मोरङ जिल्लाको रङ्गेलीमा हुने भएकोले नाम परिमार्जन गरिएको निर्माण टिमले जनाएको छ।

आगामी भदौ २० गतेबाट फिल्मको छायांकनमा गरिने बताइएको छ। सुशन प्रजापतिले छायांकन गर्ने भनिएको फिल्ममा दयाहाङसहित, मिरूना मगर, अर्पण थापा, प्रविण खतिवडालगायत कलाकारको अभिनय रहनेछ।

फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म संसार चौलागाईं र रमेश भट्टराईले निर्माण गर्न लागेका हुन्।

प्रकाशित: ३० साउन २०८० ११:४५ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast