 शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।
                             शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी। 
                                            काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा आफूहरूलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका अभियुक्तहरू उच्च अदालत पुगेका छन्।
नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेलेको अभियोगमा थुनामा पुगेका प्रतिवादीहरूले जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट दिएका हुन्।
नक्कली शरणार्थी प्रकरणमा क्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले असार १ गते थुनामा पठाउने आदेश दिएको थियो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरी संगठित ठगी अपराध गरेको भन्दै जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो। यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अहिले पनि फरार छन्।
जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन उपप्रधानमन्त्री रायमाझी, तत्कालीन गृहमन्त्री खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा,विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरूले उच्चमा रिट दिएका हुन्। उनीहरूको रिट दर्ता भए पनि पेसी भने तोकिएको छैन।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 