त्रिशुली नदीमा झुन्डिएका व्यक्तिको सकुशल उद्धार

हिमाल प्रेस २ भदौ २०८० १७:५३ | Saturday, August 19, 2023
त्रिशुली नदीमा झुन्डिएका व्यक्तिको सकुशल उद्धार

काठमाडौँ- त्रिशुली नदीमा पुलमा झुन्डिएका एक जना व्यक्तिको सकुशल उद्दार गरिएको छ। आज शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्ण परियारको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका ती व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले उद्दार गरेको हो।

उनको मुग्लिन हाइवे अस्पतालमा उपचार भइरहेको छ। उनी हामफाल्नुको कारणबारे केही खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: २ भदौ २०८० १७:५३ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast