त्रिविले खोल्यो स्नातक तहको प्रथम वर्षमा भर्ना

हिमाल प्रेस २ भदौ २०८० ८:०४ | Saturday, August 19, 2023
त्रिविले खोल्यो स्नातक तहको प्रथम वर्षमा भर्ना फाइल तस्बिर

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालय(त्रिवि) शिक्षाशास्त्र संकाय डीनको कार्यालयले चार वर्षे स्नातक तहमा भर्नासम्बन्धी सूचना प्रकाशित गरेको छ।

शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तह (चार वर्षे बीएड) प्रथम वर्षमा नयाँ भर्ना हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ मा समग्रमा सी प्लस प्राप्त वा सो सरहको अंक प्राप्त गरेका विद्यार्थीहरूले सम्बन्धित क्याम्पसमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

आवेदन फाराम भदौ १ देखि असोज २१ र भर्ना मिति कात्तिक २४ का लागि तोकिएको त्रिविले जनाएको छ। साथसाथै कक्षा सञ्चालन भने मंसिर ५ देखि हुने जनाइएको छ।

 

प्रकाशित: २ भदौ २०८० ८:०४ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast