 
                                                                            
                                            काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका-५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। तारकेश्वर-५ चो गाउँमा शनिबार राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।
उनका अनुसार राति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो। घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ। रासस
                            प्रकाशित: २१ साउन  २०८० १०:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 